March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लूनकरणदास–गङ्गादेवी चौधरी पुरस्कार प्रदान

लूनकरणदास–गङ्गादेवी चौधरी पुरस्कार प्रदान

साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कृत गरिएको छ ।

प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरे ।

उनीहरू तीनैजनालाई जनही एक लाख ५१ हजार राशिको पुरस्कार साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो । रासस

Advertisement