किन अगाडि बढ्न सकेन ‘सत्यम’को छायांकन ?
घोषणा भएको लामो समय बितिसक्दा पनि फिल्म ‘सत्यम’को छायांकनको काम अगाडि बढ्न सकेको छैन ।
फिल्मका मुख्य अभिनेता मध्येका एक पल शाह बलात्कार अभियोगमा जेल गएपछि फिल्म छायांकनमा ढिलाई भएको हो । निर्माता रेशम सापकोटा पल शाहको घटनाको छानविन निष्कर्षमा नपुगेसम्म यो प्रोजेक्टको छायांकन गर्ने नगर्ने निर्णय गर्न कठिन भएको बताउछन् । उनले फिल्म बन्ने नबन्ने बिषयमा छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी भइरहेको बताए ।
छायांकन रोकिएपनि फिल्म टोलिले महानायक राजेश हमालको तस्विर राखेर शीर्ष गीत सार्वजनिक गरेको छ । फिल्म नबन्न सक्ने हल्ला समेत चलिरहेको समय निर्माण युनिटले भने अहिले गीत सार्वजनिक गरेको हो ।
सर्वाजनिक भएको गीतमा राजु महर्जनको स्वर, रेशम सापकोटाको शब्द, कुटुम्ब ब्यान्डको म्युजिक, योगेश काजीको संगीत संयोजन रहेको छ ।
फिल्मको निर्माण लागत ७ करोड रहेको छ । प्रि–प्रोडक्सनको काम लगभग सकिएको फिल्ममा राजेश हमाल, पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरी लगायतका कलाकारको अभिनय गर्दे आएका छन् ।
प्रतिकृया दिनुहोस्