एनएमबि बैंकको ५२ हजार ७२२ कित्ता संस्थापक शेयर विक्रीमा
एनएमबि बैंकले संस्थापक शेयर बुधवारदेखि विक्रीमा ल्याएको छ । बैंकले तीन जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले ५२ हजार ७२२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
बैकका अनुसार संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको सचिवको कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनु पर्नेछ । यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्रीको प्रकृया अघि बढाईने जानकारी बैंकले दिएको छ । शेयरको मूल्य भने कम्पनीले खुलाएको छैन । इच्छुक आवेदकहरूले के कति दरमा खरीद गर्न चाहेको हो सोसमेत खुलाई निवेदन पेश गर्नु पर्नेछ ।
साथै कम्पनीले १० हजार कित्ता संस्थापक शेयर विक्री खुला गरेकोमा संस्थापक शेयरधनीको आवेदन नपरेकाले बुधवारदेखि नै सर्वसाधारणको लागि विक्रीमा ल्याएको छ ।
प्रतिकृया दिनुहोस्