मतदानमा सहभागी हुने व्यवस्था मिलाउन उद्योग वाणिज्य महासङ्घको आग्रह
- वाणिज्य न्युज
- २८ बैशाख २०७९
43
SHARES
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले निजी क्षेत्रका उद्योग र प्रतिष्ठानमा काम गर्ने श्रमिक र कर्मचारीलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।
महासङ्घले आज एक वक्तव्य जारी गर्दै उक्त आग्रह गरेको हो । शुक्रबार देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचनका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस्