राष्ट्रिय बिमा संस्थाको खुद नाफा २.१५ बृद्धि
राष्ट्रिय बिमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमाको वित्तिय विवरण निष्कासन गरेको हो । बिमाले सार्वजनिक गरेको विवरण अनुसार बिमाले खुद नाफा ४ करोड ९६ लाख रुपैयाँ कमाएको छ । खुद नाफा गत वर्षको भन्दा २.१५ प्रतिसतले बढि हो । अघिल्लो वर्ष ४ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बिमाको खुद बिमा शुल्क आम्दानी ७.४३ प्रतिसतले बढेको हो । यसको खुद बिमा शुल्क रमक ७ अर्ब २७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद बिमा शुल्क ६ करोड ७७ लाख रुपैयाँमा कायम रहेको थियो । हाल राष्ट्रिय बिमा संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ३९ करोड १८ लाख रुपैयाँ छ ।
त्यसैगरी, बिमाले ३ अर्ब १२ करोड ३८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको हो । बिमा कोषमा रमक ३९ अर्ब ९९ लाख रुपैयाँमा कायम रहेको छ । गत वर्ष जीवन बिमा कोष ३२ अर्ब ४४ करोड रुपैयाँमा पुगेको थियो ।
प्रतिकृया दिनुहोस्