प्रभु लाइफ इन्सुरेन्सको यस्तो छ वित्तिय विवरण
प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमाका वित्तिय विवरण सार्वजनिक गरिएको हो । उक्त विवरणमा उल्लेख भए अनुसार कम्पनीको खुद नाफा २६.४८ प्रतिसतले घटेको छ । यसको खुद नाफा रकम १० करोड १३ लाख ३४ हजार रुपैयाँमा कायम रहेको छ । अघिल्लो वर्ष सोहि अवधिमा १३ करोड ७८ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्सुरेन्सको खुद बिमा शुल्क आम्दानी ३३.९२प्रतिसतले बढ्न पुगेको हो । यसको रकम १ अर्ब ४५ करोड ७७ लाख १९ हजार रुपैयाँमा सीमीत भएको छ । त्यसैगरी, लगानी तथा अन्य आम्दानीमा ३७.०३प्रतिसतले घटेको हो । लगानी तथा अन्य आम्दानी रकम ११ करोड २७ लाख २६ हजारमा कायम भएको छ ।
इन्सुरेन्सको रिजर्भ कोष २४.४२प्रतिसतले बढेको छ । साथै, जीवन बिमा कोष ५३.७६प्रतिसतले बढेको विवरणमा देखिन्छ । इन्सुरेन्सको चुक्ता पुँजी गत वर्षकै यथावत रहन पुगेको हो । प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ । प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ५६ पैसा रहेको छ ।
प्रतिकृया दिनुहोस्