May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

सेयर बजार १८.६४ अंकले गिरावट

सेयर बजार १८.६४ अंकले गिरावट

पछिल्लो केहि दिन बजार तुलनात्मक रुपमा उकालो लाग्दै आएको थियो । यो हप्ता बढ्दै आएको सेयर बजार आज घटेको छ । बिहीबार नेप्से परिसूचक १८.६४ अंकले घटेको हो । यससँगै सूचक २३५०.४२ विन्दुमा झरेको छ । नेपाल स्टकका अनुसार बिहीबार २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २ सय ७३ रुपैयाँ बराबरको कारोबार भएको हो । आज २२८ कम्पनीका ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

Advertisement

 

Advertisement

त्यसैगरी बुधबार भने नेप्से परिसूचक ५६.०६ अंकले बढेर सूचक २३६९ विन्दुमा रहेको थियो ।  २ अर्ब १६ करोड ३९ लाख ९० हजार ७ सय ४३ रुपैयाँ बराबरको कारोबार हुन पुगेको थियो । सेयर बजार बढ्ने क्रमले आज पनि निरन्तर्ता पाउन भने सकेन । नेप्सेमा राताम्य छायको छ ।

यसदिन १५१ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको बढ्यो भने नौ कम्पनीको स्थिर रह्यो ।  सबैभन्दा धेरै जालपा लघुवित्तको शेयर १० तथा तेह्रथुम पावर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै, शिवम् सिमेन्ट्सको सेयर कारोबार रकम सबैभन्दा उच्च देखिएको छ । शिवमको ११ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । साथै,  सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको सेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले  घटेको हो ।