May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

६४ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

६४ प्रतिशत मतदान भयो : निर्वाचन आयोग

आज सम्पन्न स्थानीय तह निर्वाचनमा ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको बताएका छन् । ‘निर्वाचन आयोगले अपेक्षा गरेअनुसार मतदान भएन कि भन्ने लागेको छ’ उनले भने । धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाले बताए ।

Advertisement

‘किन मतदान कम भयो भन्ने अरु कारण पहिल्याउन बाँकी छ । काठमाडौं महानगरमा शान्तिपूर्ण मतदान, मतदान केन्द्रमा सबैको पहुँच हुदा पनि अपेक्षा गरे अनुसारको मतदान भएन’, थपलियाले भने । काठमाडौंमा ५२ प्रतिशत मात्रै मतदान भएको आयोगको प्रारम्भिक अनुमान छ ।

Advertisement

मतदान स्थगित भएको स्थानीय तहमा भने पुनः मतदान भएपछि मात्रै मतगणना हुने थपलियाले बताए । केही स्थानीय तहले आजै रातीदेखि मतगणना प्रारम्भ गर्ने र केही स्थानीय तहमा भोली बिहानैदेखि मात्रै मत गणना शुरू हुने भनेर निर्वाचन अधिकृतको कार्यालयले सूचना प्रकाशन गरेको उनले बताए ।

राजनीतिक दल र उम्मेदवारले पनि सुझबुझपूर्ण सहयोग नगरेको आयोगले बताएको छ । केही स्थानीय तहमा साना विवादलाई पनि उग्र बनाएर निर्वाचनको वातावरण बिगार्न राजनीतिनिर्वाचनको क्रममा सन्तोषजनक रुपमा सुरक्षाको व्यवस्था नभएकोमा आयोगले असन्तुष्टि व्यक्त गरेको छ । क दल र उम्मेदवार नै उद्यत देखिएको र त्यसले आयोगलाई चिन्तित भएको थपलियाले बताए ।