देशभर १६ जिल्लाका ७७ मतदान केन्द्रको मतदान स्थगित
शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा १७ जिल्लाका ७७ मतदान केन्द्रको मतदान स्थगित भएको जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार १७ स्थानीय तहका २८ वटा मतदान स्थलका ७७ कन्द्रका मतदान स्थागिक भएको हो । थपलियाले राजनीतिक दलहरुबीचमा बेमेल हुँदा प्रहरीले बल प्रयोग गर्नुपरेको बताए । उनले केही स्थानमा कमजोर सुरक्षा व्यवस्थाका कारण पनि निर्वाचनलाई निरन्तरता दिन नसकिएको बताए ।
निर्वाचन आयोगले स्थगन भएका ठाउँमा निर्वाचन अधिकृत र आयोगको परामर्शमा चाँडै निर्वाचन हुने बताएको छ । ‘स्थगन गरिएका मतदान केन्द्रमा सम्बन्धित अधिकृत र आयोगसँग समन्वय गरेर पुनः मतदान गर्ने,’ थपलियाले भने ।
सप्तरीमा स्थगित निर्वाचन भने आइतबारका लागि तय भएको छ । निर्वाचन पछि मतपत्र संकलन भएका धेरै स्थानमा शुक्रवार साँझ देखिनै मत गडना हुने भएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस्