April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

झापाको कन्काईमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी, उपमेयरमा कांग्रेसकी आशा सिवाकोटी विजयी

झापाको कन्काईमा एमालेका राजेन्द्रकुमार पोखरेल विजयी, उपमेयरमा कांग्रेसकी आशा सिवाकोटी विजयी

झापाको कन्काई नगरपालिकामा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल मेयर पदमा विजयी भएका छन् ।

उनले ८६७३ मत प्राप्त गर्दै जित निकालेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रूद्रप्रसाद चिमरियाले ६६६१ मत ल्याए । कनकाईमा नेपाली काग्रेसबाटै गठबन्धनबाट बागि मेयरमा शेयरबहादुर थापा उठेका थिए । पाँच दलिय गठबन्धनबाट उनले चिमरियाको समानान्तर भोट कोटेका थिए । जेब्रा चिन्हका थापाले ५ हजार ६ सय ९१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि थापा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

उता उपमेयरमा कांग्रेसकी आसा शिवाकोटी १०७१३ मत हासिल गर्दै विजयी भइन् । एमालेकी मन्जु प्रसाईले ८८४५ मत मत प्राप्त गरिन् । एमालेले ७ र ८ वडा अध्यक्ष बहेक अरूमा जित हात पारेको छ। ७ र ८ मा कांग्रेसका उम्मेदवार वडा अध्यक्षमा विजयी भए ।

Advertisement