April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

नेपालमा चीनियाँ शाक्ति कमजोर बनाउँन नवीन श्रीवास्तवलाई राजदूत

नेपालमा चीनियाँ शाक्ति कमजोर बनाउँन नवीन श्रीवास्तवलाई राजदूत

नेपालका लागि पूर्व भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको ३४ औं विदेश सचिवको पदभार ग्रहण गरेसँगै चीनका विज्ञ नवीन श्रीवास्तवले नेपालका लागि भारतको राजदूत बन्ने पक्का भएको छ । श्रीवास्तव नेपालका लागि भारतीय राजदूत भएर आउने तयारीमा रहेका छन् । उद्यपी भारत सरकारले आधिकारी अन्तिम निर्णय भने गरेको छैन् ।

Advertisement

विदेश मन्त्रालयमा अतिरिक्त सचिवको रूपमा पूर्वी एशिया डेस्क सम्हालिरहेका श्रीवास्तवलाई नोपलमा चीनयाँ प्रभाव कम गर्नका लागि पठाईन लागिएको हो । उनी नेपाल भन्दा पनि चीनियाँ जानकार हुन् । हरेक चीनियाँ गतिविधिमा उनी भारतीय टिममा सामेल हुदै आएका छन् । उनी मे २०२० मा पूर्वी लद्दाखको स्थितिलाई शान्त पार्न भारत–चीन सैन्य कमाण्डरहरूको बैठकमा प्रमुख रणनीतिकार भएर सहभागी भएका थिए । सन् १९९३ ब्याचका आईएफएस अधिकृत श्रीवास्तवले नेपालसँगको कुटनीतिलाई आफ्नो पकडमा राख्ने छन् नै, चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिबाट नेपाललाई कम प्रभाव पार्नका लागि उनको ठूलो भूमिका नेपालमा रहने विश्वास भारतीय प्रधानान्त्री नरेन्द्र मोदीको छ ।

Advertisement

विनय क्वात्रा नेपालका लागि राजदूत हुँदा नेपालमा माओवादी र अन्य कम्युनिस्ट आन्दोलनमा विभाजन ल्याउन सफल भएका थिए । यसबाट काठमाडौमा चीनियाँ पकड कमजोर भएको थियो । अव श्रीवास्तवले भने बाँकी रहेको चीनियाँ प्रभाव अझ घटाउँद नेपालमा चीनको शाक्ति कमजोर बनाउन लागि पर्नेछन् । जुन भारतको विदेश रणनीति हो ।

भारत नेपालमा रहेको पानि, जलविद्युत देखि पर्यटनसम्म आफ्नो पकड राख्न चाहिरहेको छ । पछिल्लो दिनमा सिमेन्ट उत्पादन देखि लिएर होटलमा चीनियाँ लगानीलाई समेत कम गर्नु उसको आर्थिक नीति हो । नेपालको दूरसंचार क्षेत्रको विकासका लागि गरेको चीनियाँ प्रबृद्धिको लगानी प्रति पनि भारत शसंकित रहेको छ ।