March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

काठमाडौँ महानगरमा स्थापितको वडामा बालेनको अग्रता

काठमाडौँ महानगरमा स्थापितको वडामा बालेनको अग्रता

काठमाडौँ महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोट ल्याएका छन् । त्यस्तै काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् । मतगणना जारी काठमाडौँको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । जुन वडा स्थापितको हो । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितको ३४५ मात्रै आएको निर्वाचन आयोगले बताएको छ ।

Advertisement