March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बजेट अधिवेशनको छलफलमा संसदमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन

बजेट अधिवेशनको छलफलमा संसदमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन

व्यवस्थापिक संसदका सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई संसदमा उपस्थित हुन निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा संसदमा छलफल हुँदा पनि अर्थमन्त्री प्रत्यक्ष सहभागी नभएपछि उनले यस्तो निर्देशन दिएका हुन् ।

Advertisement

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद्मा उपस्थित हुन अर्थमन्त्री शर्मालाई निर्देशन हुन् ।

Advertisement

बैठक चलिरहँदा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समय माग्दै ध्यानाकर्षण गराएका थिए । ‘नेपाल सरकारको तर्फबाट माननीय अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको विनियोजन विद्येयकको सिद्धान्त र प्राथमिकतामा छलफल गरिरहँदा माननीय अर्थमन्त्रीज्यू यो सदनमा उपस्थित भएको देखिनुहुन्न ।,’ सांसद भट्टराईले भनेका थिए । उनल कुनै मन्त्रीज्यूले पनि डायरी पल्टाएर टिपोट गरेको पनि नदेखेको बताएकाा थिए । भट्टराईले अन्यन्त्रै कहीँ बसेर टिपोट गरेर बस्नुभएको छ ? भन्दै सदनका रेकर्ड मन्त्रालय वा निवासमै जान्छ ? भन्ने प्रश्न उठाएका थिए ।

उनले अर्थमन्त्रीज्यू अनुपस्थित हुँदा के आधारमा हामीले छलफल गर्ने, के आधारमा सुझाव दिने ? के आधारमा जवाफ दिनुहुन्छ ? मैले यसको जवाफ खोजेको सभामुखज्यू’– भट्टराईले भनेका थिए ।

नेपाली कांग्रेसका सांसद् डा. मिनेन्द्र रिजालले पनि बजेट छलफलमा अर्थमन्त्री स्वयं उपस्थित भएर सांसदहरु दिएको सुझाव सुन्नुपर्ने बताए ।

रिजालले पुँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत समस्याले काम गरेको टिप्पणी गरेका छन् । उनले पूँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्ने बताए ।
शोधनान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवर्द्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

डा रिजालले विश्वव्यापीरूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फितिमा परेको तथ्य पेश गरे। बजेट कार्यान्वयन क्षमता कमजोर रहेको भन्दै उहाँले स्रोत नभएको आयोजना कम्प्युटरमा गरिएको शिलान्यास, रेल तथा पानीजहाज, भ्यूटावरजस्ता विषय ल्याएर गलत संस्कारको अभ्यास गरिएकाले पनि समस्या देखिएको स्पष्ट पारे ।आफ्नो समस्या अर्काको टाउकामा हालेर उम्कने प्रवृत्ति छाड्न उनले आग्रह गरे। डा रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेको भन्दै उनले सत्ता र प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारका कारणमात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गरे।