March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

स्थापितको क्षेत्रमा काँग्रेसको जित, बालेन पनि परे पछि

स्थापितको क्षेत्रमा काँग्रेसको जित, बालेन पनि परे पछि

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले मतदान गरेको काठमाडौंको २८ नम्बर वडामा कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार भाइराम खड्गी १२८१ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका विपेन्द्र खड्गीले १०७२ मत ल्याए । यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७३४, एमालेका केशव स्थापितले ७७३ र कांग्रेसकी सिर्जना सिंहले ७१० मत पाइन् ।
समर्गमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहको अग्रता कायमै छ । ७० हजार ३८९ मतगणना हुँदा बालेनले २६ हजार ५९१ मत पाएका छन् । नेकपा एमालेका उमेदवार केशव स्थापितले १४ हजार १६५ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत पाएकी छन् ।

Advertisement