खुल्यो शुक्रबार पनि सेयर बजार, घट्यो बजार
नेपालमा पहिलो पटक शुक्रबार सेयर बजार खुला भएको छ । सरकारले जेठ १ गतेदेखि सातामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएपछि पहिलो पटक सेयर बजार शुक्रवजार खुल्ला भएको हो ।
सातामा ५ दिन मात्र खुल्ला हुने सेयर बजार यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएकोमा अव आइतवार बन्द भएर शुक्रवार पनि खुल्ला हुने भएको हो । नेपालले पनि अन्र्तराष्ट्रिय बजारको नक्कल गरेर शुक्रवार पनि बजार खुल्ला गरेको हो ।
बैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम बजार खुल्ने समय हेरफेर गरेको नेप्सेले अर्को निर्णय नभएसम्म सातामा सोमबारदेखि शुक्रबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म नै बजार खुल्ला राख्ने जनाएको छ ।
नयाँ व्यवस्थासँगै आज शुक्रबार सेयर कारोबार भइरहेको छ । दिउँसो १ बजेसम्म नेप्से ४.८७ अंकले घटेको छ । हालसम्म कारोबारमा २१३ कम्पनी सामेल भएकामा १० लाख कित्ता सेयर बिक्री भइसकेको छ । यो समाचार तयार पार्दासम्म ३६ करोडको खरिदबिक्री भएको छ ।
प्रतिकृया दिनुहोस्