April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?

बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७८ पैसा र बिक्री दर १२४ रुपैयाँ ३८ पैसा रहेको छ । जस अनुसार लगातार रुपमा अमेरिकी डलरको मूल्यमा वृद्धि भइरहेको छ । डलर महँगो हुनुको अर्थ नेपाली रुपैयाँ कमजोर हुनु हो । पछिल्लो समय भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गइरहेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुनु भनेको पनि नेपाली रुपैयाँ पनि कमजोर हुनु हो ।

Advertisement

आयातमुखी अर्थतन्त्र भएकाले डलरको मूल्य बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ । पर्यटनबाट आम्दानी गर्न सके यसमा पनि फाइदा हुन्छ ।

Advertisement

यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५३ पैसा र बिक्री दर १५५ रुपैयाँ २८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३४ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।