March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थपियो

हिमालयन हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप गरिएको छ। यहि वैशाख २५ गतेदेखि आयोजना प्रभावितलाई आइपीओ बिक्री खुला गरेको कम्पनीले जेठ १६ गतेसम्म आवेदन दिन सक्नेगरी समय थप गरेको हो । यसले  स्थानीयलाई जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर बिक्री गर्न लागेको हो ।

Advertisement

कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १,२,३,४,६र ७ का स्थानिय बासिन्दालाई आइपीओ जारी गरेको हो । आवेदकले न्यूनतम १० कित्ता शेयर खरीदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बिक्री नभएको बाँकी सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको हो । छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म निष्काशन बन्द हुने बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको थियो ।

Advertisement

कम्पनीले कास्की जिल्लामा नामार्जुन मादी जलविद्युत् आयोजना निर्माण गरी २०७७ साल असोज १२ गतेदेखि ११.८८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै आएको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्म रू. १ अर्ब ३१ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपस्किृत वित्तीय विवरण अनुसार रू. ७ करोड २८ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको देखिन्छ । उक्त अवधिसम्म वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६.३३ रहेको छ । कम्पनीका यो अवधिसम्म प्रतिशेयर नेटवर्थ रू. ६७.९६ रहेको हो । कम्पनीले वास्तविक प्रतिशेयर नेटवर्थ रू. ७६.३३ कै आधारमा दोस्रो बजारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज प्राप्त गर्नेछ ।

 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुछ्रे बैंकको मादी शाखा कस्कीबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।