ठाकुर ज्ञवाली नयाँ आईजिपी नियुक्त
माघ २८, काठमाडौँ ।
नेपाल प्रहरीको भावी २८ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रदेश न १ डिआइजी ठाकुर प्रसाद ज्ञवालीलाई मन्त्रीपरिषदको बंैठकले नियुक्त गरेको छ । आजै ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउन गृह मन्त्रालयले प्रस्ताव तयार गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृह सचिव महेश्वर न्यौपानेको छलफल पछी ज्ञवालीलाई आईजीपी बनाउने निर्णय भएको हो ।
वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण माघ २९ गते अनिवार्य अवकाश पाउँदैछन् । वरियता र वरिष्ठताका आधारमा ज्ञवालीलाई सरकारले नेपाल प्रहरीको नयाँ आईजिपी बनाउने तयारी गरेको हो
ज्ञवालीले २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । गृह मन्त्रालयले २०७५ कात्तिकमा गरेको ११ वरिष्ठ प्रहरी उपरिक्षक(एसएसपीहरुको बढुवामा ज्ञवाली खनालको ब्याजिपछी पहिलो नम्बरमा थिए । ज्ञवालीलाई सरकारले नियुक्त गरे उनले करिब पाँच महिना नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् । त्यसपछि उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनेछन् ।
२०२२ असोज २८ गते साविक वादीकोट गाविस–९, प्युठानमा जन्मिएका ज्ञवाली २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०५८, वैशाख १८ गते डीएसपी, २०६६ मंसिर ३ गते एसपी, २०७३ असार २८ गते एसएसपी र २०७५ असोज २८ मा उनी डीआईजीमा बढुवा भएका थिए। एसएसपी हुँदा प्रहरी महानिरीक्षकको सचिवालय, केन्द्रीय अनुसन्धान ब्यूरो र बुटवल प्रहरी तालीम केन्द्रको ‘कमाण्डेण्ट’ रहिसकेका ज्ञवाली एसपी हुँदा कर्मचारी प्रशासन शाखा जिल्ला प्रहरी कार्यालय झापा, दाङ र बारा,महानगरीय प्रहरी अपराध महाशाखा प्रहरी प्रमुख बनेका थिए।
ठाकुर हालका आईजीपी सर्वेन्द्र खनालसँगै सेवा प्रवेश गरेपनि त्यसबेला केही अधिकृतलाई पासआउटमा वैकल्पिक समूहमाराखेपछि उनको नियुक्ति पर धकेलिएको थियो। हाइटी, पूर्वी टिमोर, कोसोभोलगायत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका विभिन्न मिसनमा बसेर पनि सेवा गरेका थिए।
प्रतिकृया दिनुहोस्