January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

सन्दीपको उत्कृष्ठ बलिडले ३५ रनमा समेटियो अमेरिका

सन्दीपको उत्कृष्ठ बलिडले ३५ रनमा समेटियो अमेरिका


माघ २९, काठमाडौं ।
आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्र्तगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा सन्दीप लामिछाने सँगै सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गरेको छ ।
नेपालले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । पहिलो ओभर करण केसीले मेडन राखेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले नेपालको तर्फ बाट विकेटको खाता खोलेका थिए ।
त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अल आउट भयो ।
६ ओभर बलिङ गरेका सन्दीपले एक मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए । तिन ओभर बलिङ गरेका सुशनले ५ रन खर्चेदै चार विकेट हातमा पारे । अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।

Advertisement