March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी जनरलको सेयर लिलामी बिक्री खुल्ला

लुम्बिनी जनरलको सेयर लिलामी बिक्री खुल्ला

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेर इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३ गतेदेखि लिलामी बिक्री खुल्ला गरेको हो ।

कम्पनीले संस्थापक सेयर लिलामीमा जेठ २७ गतेसम्म बोलपत्र पेशगर्न सकिने जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको सेयर बजार बिक्री प्रबन्धक कुमारी क्यापिटलमा कारोवार गर्न सकिने छ ।

Advertisement