April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विभिन्न १३ वटा सडकखण्डको निर्माण कार्यमा भ्रष्टाचार भएको भन्दै उनीहरुविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकोमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशी, तत्कालीन इन्जिनियर पुणर् कुँवर, तत्कालिन सब-इन्जिनियर भक्तराज जोशी परेका हुन् । त्यसैगरी,तत्कालीन सब-इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देव राज जोशीसँग ६ लाख ६८ हजार २२० रुपैयाँ, तत्कालिन इन्जिनियर पुणर् कुँवरसँग ४८ लाख ७८ हजार ७५१ रुपैयाँ, तत्कालिन सब-इन्जिनियर भक्तराज जोशीसँग २७ लाख ५८ हजार ४३२ रुपैयाँ, तत्कालिन सब-इन्जिनियर नरेन्द्र शाहीसँग २१ लाख २० हजार ३१९ रुपैयाँ र निर्माण व्यवसायी सन्तोष जोशीसँग ३७ लाख ९८ हजार ९४५ रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।

Advertisement