April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै, कति भर्ने ?

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै, कति भर्ने ?

विन्ध्यवासिनी हाइड्रोपावरले यही जेठ २० गतेदेखि आयोजना प्रभावित सर्वसाधारणको लागि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी पुँजीको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
जस मध्ये ५ प्रतिशत ७५ हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणको लागि छुट्याइएको छ । यसमा जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सानिमा क्यापिटल रहेको यो कम्पनीको सेयर न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म भर्न सकिने छ । यसमा पनि सर्वसाधारणको राम्रै उपस्थिती रहने भएकाले गर्दा ५० कित्ता सम्म भर्दा राम्रो मानिएको छ । उक्त आइपीओ सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिने छ ।
रेटिङ एजेन्सी कियर नेपालले विन्ध्यवासिनीको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधरणले असार ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Advertisement