April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसको अवसरमा ८३४ कैदीको सजाय मिनाहा

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति कार्यालयले कैद सजाय भोगिरहेका कैदीलाई आम माफी दिने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतको आदेशबाट कैद सजाय भोगिरहेका ८३४ कैदीको कैद सजाय माफी मिनाहा गरेकी हुन् ।

विभिन्न अदालतबाट तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका खड्ग श्रेङ लिम्बु समेतका २७१ जना र नरबहादुर साँवा समेतका ५४७ तथा उमाकान्त पराजुली समेतका १६ जनालाई २०७९ जेठ १५ गतेदेखि कैद माफी मिनाहा गरिएको हो ।

Advertisement