March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

भक्तपुरका धारामा अव मेलम्चीको खानेपानी

भक्तपुरका धारामा अव मेलम्चीको खानेपानी

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रवार नगरपालिका भित्रका २ हजार ५०० घरका धारामा पानी छोडी परीक्षण सम्पन्न गरिएको हो ।

Advertisement

खानेपानीकोे पुरानो पाइपलाइन रहेका क्षेत्रहरू जगाती आदर्श, पाण्डुबजार, घलाते, चुनदेवी, सुवर्ण चोक, सल्लाघारीदेखि राधेराधे पुलसम्मका घरका धारामा सफलतापूर्वक पानी छोडी परीक्षण सम्पन्न गरिएको काठमाडौं खानेपानी आयोजना भक्तपुरका निमित्त प्रमुख चेतबहादुर ऐरले जानकारी दिए ।

Advertisement

भक्तपुर नगरपालिका क्षेत्रका करीब ४ हजारभन्दा बढी धारामा बिहीवार सफलतापूर्वक परीक्षण सफल भएको जानकारी दिँदै उनले बिहीवार र शुक्रवार गरी ७ हजार धारामा पानी वितरण गरिएको र भक्तपुरका ४ वटै पालिकामा मेलम्चीको खानेपानी वितरण गरिने उनले जानकारी दिए ।

२० लाख लिटर क्षमताको पुरानो र ६० लाखको लिटर क्षमताको नयाँ ट्यांकी गरी ८० लाख लिटरको क्षमताका २ वटा ट्यांकीमध्ये २० लाख लिटर क्षमताको ट्यांकीबाट पानी वितरण शुरू गरिएको निमित्त प्रमुख ऐरले जानकारी दिए । रासस