March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

दुई वर्षअघि लागूऔषध सेवन गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

दुई वर्षअघि लागूऔषध सेवन गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ

दुई वर्षअघि लागूऔषध सेवन गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । साथीको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय मल्ललाई जिप्रका उदयपुरसँगको समन्वयमा कटारीबाट पक्राउ गरिएको हो ।

लागूऔषध सेवन गरेर काठमाडौंको गौशालामा साथीको हत्या तथा ३ वटा चोरीडाँका मुद्दाका आरोपी काठमाडौं– ७ मैजुबहालका विवेक मल्ललाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिएका छन् । २०७७ जेठमा गौशाला एरियामा मोरङको सुन्दरहरैँचा घर भएका उज्जवल काफ्लेको हत्या गरेको आरोप छ ।

 

Advertisement