पोखरीमा डुबेर २ बालकको मृत्यु
- वाणिज्य न्युज
- १२ असार २०७९
पोखरीमा डुबेर २ जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ मा रहेको एग्रो टुरिजम एण्ड फन भ्याली प्रालिको क्षेत्रभित्र रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय २ जना बालकको मृत्यु भएको हो ।
स्थानीय दिल बहादुर राईको १४ बर्षीय छोरा उदय राई र धनकुटा नगरपालिका–५ का विजय राईको १५ वर्षीय छोरा सोनिम राई शनिबार दिउँसो उक्त पोखरीमा पौडी खेल्न गएकोक्रममा डुबेर घाइते भएका थिए ।
घाइते भएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ ।
https://www.nta.gov.np/
- आर्थिक वर्ष २०८१/८२ को बजेट लेख्ने टिम तयार
- नेपाल इटाली चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीकोे वार्षिक साधारण सभा सम्पन्न
- एक दर्जन बैंकको पौने ९ करोड कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
- व्यवसायिक वातावरण छैन भन्ने हिसाबले नैराश्य वातावरण नबनाउन अध्यक्ष ढकालको आग्रह
- देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा नरहेको प्रधानमन्त्रीको दाबी
-
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे नियुक्त
१५ चैत्र २०८० -
होलीमा कुन रंग केको प्रतिक ?
१० चैत्र २०८०
प्रतिकृया दिनुहोस्