औपचारिक विभाजनको घोषणा गर्ने तयारीमा जसपा
- वाणिज्य न्युज
- २१ असार २०७९
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुन लागेको हो । यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रूपमा विभाजनको घोषणा हुने बताइएको छ ।
-
परराष्ट्रमन्त्री राणा आज चीन जाँदै
१३ मंसिर २०८१ -
शेयर बजार २७१६.६६ अंकमा, नेपाल फाइनान्सको उच्च कारोबार
११ मंसिर २०८१
प्रतिकृया दिनुहोस्