श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन सहमत
श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे राजीनामा दिन समहत भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन् । प्रधानमन्त्री विक्रमासिंघे ट्वीट गर्दै सर्वदलीय सरकारका लागि पदबाट राजीनामा दिन तयार रहेको बताएको वीवीसीले जनाएको छ ।
राष्ट्रपति राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जा गरेपछि प्रधानमन्त्री विक्रमासिंघेले सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा विपक्षीले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले बढीमा ३० दिनसम्म अस्थायी राष्ट्रपतिको रुपमा काम गर्ने, सर्वदलीय सरकार गठन गर्ने र चाँडै चुनाव गराउने लगायतका माग गरेका थिए ।
यसअघि आज अपरान्ह राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिएका थिए । दशौं हजार प्रदर्शनकारीले प्रदर्शनका लागि लगाइएको प्रतिवन्ध तोडेर राष्ट्रपति गोटबाया राजपाक्षको निवास र कार्यालयमा प्रवेश गरी नाराबाजी गरेका थिए । उनीहरुले वर्तमान् नेतृत्वले श्रीलंकाको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको संकटको समाधान दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।
प्रतिकृया दिनुहोस्