March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

१६२० थान सिम, ४७२ थान मोबाइल सहित एक चीनियाँ र ३ नेपाली पक्राउ

१६२० थान सिम, ४७२ थान मोबाइल सहित एक चीनियाँ र ३ नेपाली पक्राउ

 

Advertisement

अनलाइन जुवा खेलाउने एक चिनियाँ सहित ४ जनालाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाएको आरोपमा चिनियाँ नागरिक ४८ वर्षीय सु सुजी ४ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुबाट प्रहरीले ४ सय ७२ थान मोबाइल, २६ थान ल्यापटप, एक हजार ६ सय २० थान एनसेल सिमकार्ड, १० थान पेनड्राइभ र एक लाख ९० हजार रुपैयाँ नगद बरामद गरेको छ ।

Advertisement

प्रहरीका अनुसार बुटवल लगायत देशका अन्य स्थानमा  यो गिरोहले केही महिनायता, सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भन्दै म्यासेज पठाउने, अरुको फेसबुकलगायतका सामाजिक सञ्जाल ह्याक गर्ने तथा चिट्ठा तथा सामान लिनका लागि भन्दै निश्चित रकम भन्सार शुल्कजस्ता शीर्षकमा रकम मागेर महिनौंदेखि ठगीको कारोबार सञ्चालन गरिरहेको थियो ।

प्रहरीले यही साता बुटवलको कल सेन्टरबाट बरामद गरेको ल्यापटप, डेक्सटप, सीपीयू, मोबाइल, पेन ड्राइभ, विभिन्न हार्ड डिस्क, आइप्याड लगायतका सामानका आधारमा अहिले अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले चिनियाँबाट बरामद भएको डिभाइस अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाइएको बताएका छन् ।

पक्राउ परेका भारतीय नागरिक निरञ्जन कुमारले आफूहरुको मुख्य कार्यालय चीनमा रहेको साथै काठमाडौ, पोखरा र चितवनमा समेत कल सेन्टर रहेको बयान दिएपछि दैनिक करोडौंको कारोबार हुने यो कल सेन्टरको जालो पत्ता लगाउने क्रममा यही सोमवार काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा अर्को चिनियाँ नागरिकले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।नेपालमा प्रविधिको प्रयोग गरेर नेपाली युवायुवतीमार्फत करोडौं ठग्ने चिनियाँ गिरोह यसअघि असार १६ गते पोखराको ड्याम साइडमा पनि पक्राउ परेको थियो । न्यू डायमण्ड टेक्नोलोजी नामको कम्पनीमार्फत दुई पुरुष र एक जना महिला चिनियाँले यो कल सेन्टर सञ्चालन गरिरहेका थिए ।

स्काई वल्र्ड सर्भिस प्रालिका नाममा चलिरहेको यो कल सेन्टरका मुख्य योजनाकार पनि चिनियाँ नै थिए । काठमाडौँ प्रहरीले कल सेन्टरबाट एकजना चिनियाँ नागरिकसहित ४१ जनालाई नियन्त्रणमा लिएको छ । यो गिरोहले विभिन्न मोबाइल वालेटमार्फत लोन दिने र त्यतिबेला ऋण लिनेहरुको बैंकिङदेखि तीनपुस्ते सबै विवरण लिने गरेको पाइएको छ।

अधिकतम २० हजार ऋण एक दिनका लागि दिने यो समूहले ५ हजारसम्म ब्याज लिने गरेको पाइएको छ । ऋण असुलीका लागि र ठगी धन्दाका लागि यो गिरोहले काठमाडौमा ‘हनी ट्रयाप’ युवती प्रयोग गर्ने गरेको थियो ।

यो धन्दावाला कम्पनीमा नुवाकोटको ककनी गाउँपालिका–७ का सुमन तामाङको नागरिकता प्रयोग भएको थियो। नेपालीका नाममा कम्पनी दर्ता गरेर उनीहरुको ठगी धन्दामा प्रयोग भएका ८९ जना नेपालीसहित ४५ लाख ९७ हजार १८० रुपैयाँ प्रहरीले बरामद गरेको थियो ।

भिजिट भिसामा पोखरा पुगेका चिनियाँहरु ६ महिनादेखि ड्याम साइडको बज्र इन होटलको फ्ल्याट भाडामा लिएर सफ्टवेयर कम्पनीका नाममा नेपालीलाई ठगिरहेका थिए । पछिल्लो पटक पक्राउ परेका पनि यही समुह भित्रको एक भएको प्रहरीको अनुमान छ ।