March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

क्यान्सर अस्पतालमा डाक्टरहरु भए आफै क्यान्सर, कमिसन नपाएपछि साढे ४ करोड भयो फिर्ता

क्यान्सर अस्पतालमा डाक्टरहरु भए आफै क्यान्सर, कमिसन नपाएपछि साढे ४ करोड भयो फिर्ता

नेपाल अर्बुद रोग निवारण संस्था, रोटरी कल्ब, समाजसेबी बाट २०५१ सालमा स्व. राजा बीरेन्द्र बाट उदघाटन गरी ३५ बेड बाड सञ्चालन गर्दै स्थापना भएको देशकै जेठो क्यान्सर अस्पताल हो भक्तपुर क्यान्सर अस्पताल । नेपाल अर्वुद रोग निवारण संस्थाको अगुवाईमा स्वर्गीय डा अञ्जनी कुमार शर्मा संस्थाका पूर्व अध्यक्ष कर्ण शाक्य, दिवाकरराज कर्णीकार, ईश्वर श्रेष्ठ अध्यक्ष महेश श्रेष्ठको पहलमा १५० बेड बनाउन सफल भएको यो क्यान्सर अस्पताल सरकारले हस्तक्षेप गर्दा देखि यतिखेर आफै भित्र भित्रै भ्रष्टाचार, राजनैतिक गुठबन्दी देखि डाक्टरको हैकमबादले थङ्थिलो भएको छ । आफ्नो हैकम जमाउन, आफ्ना मान्छेलाई ठेक्का पारेर कमाउ धन्दामा लाग्दा आस्पताल आफै धारासायी बाटोमा अगाडि बढेको छ । आफ्नो पक्षमा नलाग्ने डाक्टरलाई हरेक बहानामा स्पष्टिकरण, सोध्ने दुःख दिने खेदने काम भैरहेको छ ।

Advertisement

यतिखेर रातारात कमाएर लाखौ कुम्ल्याउने प्रप्रन्च रचिदा अस्पताल थला पर्न थालेको हो । अस्पतालमा कतिसम्म कमाउनको खेलो हुन्छ भन्ने उदाहरण क्यान्सर अस्पतालमा गएर हेर्दा हुने भएको छ । आफनो पक्षको ठेकेदारले ठेक्का नपाउने भएपछि सरकार र दाताले दिएको पैसा समेत समयमा खर्च नभएर फिर्ता हुने गरेको छ । अस्पतालमा रेडियसन सोर्स (विरामी सेक्ने मेसिने) पुरानो फिर्ता पठाएर नयाँ किन्नको लागि र आएको रकम समयमा खर्च हुन नसकेर फिर्ता भएको हो । अस्पतालका प्रशासन, कर्मचारी डा.विष्णुदत्त पौडेल, नक्कली प्रोफेसर सर्टिफिकेटधारी डा. ऋषि नारायण श्रेष्ठको अगुवाई र उक्कासहटमा रकम खर्च नभएर फिर्ता भएको हो । प्रशासन स्रोतका अुनसार आफ्नो ठेकेदारले रेडियो सोर्स मेसिन किन्न नपाउने भएपछि समय गुजारेर रकम फ्रिज गरिएको हो ।

Advertisement

अस्पतालमा मेसिन खरीदमा मात्र होइन भवन निर्माणको नाममा आएको ५ करोड, अन्य विभिन्न शिर्षकका मेसिन खरीदमा १० करोड गरी झण्डै २८ करोड रकम खर्च नै नगरी फिर्ता गरिएको हो ।

अस्पताल ब्यावस्थापनको मनपरी यतीमाथि पुगेको छ कि कर्मचारीलाई नै दुःख दिने काम भैरहेको छ । पहिलादेखिको बेवस्था गर्दे समीतिले स्थाई भै सकेका कर्मचारीलाई पनि करारमा झार्ने काम गरेको छ । एमालेका स्थानीय नेता समेत रहेका डा.विष्णुदत्त पौडेलले आफ्नो राजनैतिक हैकम जमाउनका लागि कर्मचारीलाई दुःख दिने काम गरेको कर्मचारी बताउँछन् । उनले र पुराना निमित्त डा. ऋषिका पालमा डाक्टरलाई दुःख दिंदा तीन जना डाक्टरले अस्पताल नै छोडेर हिडेका थिए । डा. प्रकाश न्यैपाने, डा. आरती शाह, डा. अजय कुमार झा र डा. बेलु कायस्थ क्यान्सर अस्पताल नै छोडेर अन्य अस्पतालमा गएका हुन् । क्यान्सर सम्बन्धी विशेषज्ञ डाक्टरले नै अस्पताल छोडेर हिडेपछि अस्पतालको सेवामा प्रभाव समेत परेको छ ।

ऋषि यिनै डाक्टर हुन जस्ले कर्मचारीलाई दुःख दिएपनि अफै असक्षममा पर्दछन् । उनलाई ललितपुरको किष्ट मेडिकल कलेज, काठमाडौको थापाथलिमा रहेको नर्भिक अस्पताल, सातदोबाटो रहेको वि. एण्ड. बि. अस्पताल र आम्दा अस्पतालले विभन्न समयमा असक्षम डाक्टरको संज्ञा दिदै निष्काशन नै गरेको थियो । उनी असक्षम भएपनि स्थानिय राजनैतिक दलको आडामा क्यान्सर अस्पतालमा हैंमक जमाउँदै अएका छन् । उमेरहद काटेपनि उनलाई भने कहिकतैबाट रोकावट भएको छैन् । उनी निरन्तर क्यान्सर अस्पतालमा नै विभिन्न नाममा सेवा दिदै आएका छन् । उनी जनरल सर्जन भएपनि राजनैतिक आडमा नै क्यान्सर अंको सर्जन हु भन्दै काम गर्दे आएका छन् । यस्ले अस्पतालको सेवा नै प्रभावित गरेको जानकार बताउँछन् । स्थानीय नेताको आडामा अस्पतालमा गुण्डागद्धी शैलीले तलब बुझदै आएका छन् । उमेरहद नाधेपनि निलम्बनमा परेपनी डाक्टरको हद हुदैन भन्दै अस्पतालबाट तलब बुझ्ने काम गर्दे आएका छन् ।

अस्पतालमा अर्को डाक्टर पनि छन् रोशन प्रजापति । चाइनामा एम. डी. पढन गएको भनेपनि उनी पढन गएका हुन् या सर्टिफिकेट नै डुब्लिकेट ल्याए, त्यो नै अन्योलमा पर्ने खालको रहेको छ । उनी जुन समय चाइनामा एम. डि. अध्यान गर्न गए सोही समय उनले भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल अफिसरका रुपमा नियमित हाजिर गरेर तलब बुझेको रेकर्ड छ । उनी अध्यान गर्न गएको भए कसरी अस्पतालले मासिक लगायतका तलव सेवा सुविधा उपलब्ध गरायो ? यो आफैमा प्रश्न गर्ने बिषय भएको छ । अर्कोतर्फ उनी नेपालमै काम गरेर तलब बुझेका भए कसरी चाइनाबाट एम. डी. पढेको प्रमाण पत्र लिए ? स्रोतका अनुसार उनी केही दिन चाइना बसी प्रमाणपत्र मात्र बनाएर अस्पताललाई गुम्राह्मा पर्ने काम गर्दे अएका छन् । त्यो कुरा उनले अस्पतालमा गरेको हाजिरी रेकर्डबाट नै स्पष्ट हुने स्रोतले जनाएको छ ।

क्यान्सर अस्पतालमा डाक्टरहरु क्यान्सर नै जसरी भित्र भित्रै जरा गाडेको स्रोतको दाबी छ । स्रोत भन्छ,– ‘अस्पतालमा विरामीको क्यान्सर होइन, क्यान्सर जन्माउने डाक्टर नै फाल्ने समय भएको छ ।’

अस्पतालमा केन्द्रीय राजनीति मात्र होइन स्थानीय राजनीति पनि पसेको छ । स्थानीय दल नेमकिपाको नाममा बीर अस्पतालबाट खÞरीदार जागिर सुरू गरेका प्रशासन बरिष्ट प्रमुख भन्न रूचाउने राजाराम तजले राजनीति गरिरहेका छन् । स्थानीय दलको आडमा प्रशासनको समेत जिम्मा लिएका तजलेले आफ्नो हैकम जमाउँदै आफ्नो बैनी, भाई, सालो भतिजलाई प्रसाशन, ल्याब रेडियो ग्राफर नर्स. डाईबर, खलासीमा जागिर लगाउन सफल भएका छन् । उनको ठाडो हैमबादले २० जनालाई अस्पतालमा जागिर दिएको स्रोतले बताएको छ ।

उनी स्थानीय नगरपालिकाको रोहवरमा कर्मचारी र डाक्टरलाई दुःख दिन पल्केका छन् । असक्षम सरकारी नीति र नगरपालिकोको गैरकानूनी हस्तक्षेपका कारण अस्पतालमा राम्रा डाक्टरहरु जान मान्न छोडेका छन् । पछिल्लो समय तजले कै कारण हस्तक्षेप बढ्दा अस्पतालमा डा प्रकाश न्यौपाने, डा सुदिप श्रेष्ठ, डा गिसुप प्रशिकोदेखि गाइनोकी डाक्टर सरिता घिमिरेले समेत अस्पताल छोडिसेका छन् ।

पछिल्ला दिनमा आफ्नो हैकम जमाउनका लागि बिशेषज्ञ नै नभएका डाक्टरलाई विज्ञताको पगारी गुत्नेकाम भएको छ । यसैको उदाहरण हो डा विनायक ढुंगेल । फिलिपिन्समा एम. डी. अध्यान गरेर पास नै नगरी आएका ढुङगेललाई क्यान्सर झै फैलिएको राजनैतिक गुठबन्दीले विशेषज्ञको विल्ला भिराएको छ । उनीलाई अस्पतालमा हाडजोर्नीको क्यान्सर विशेषज्ञको विज्ञ बनाइएको छ । जबकी फिलिपिन्समा अध्यान गरेको एम. डी. पास डाक्टरलाई नेपालमा मान्यता नै दिएको छैन् । यहाँ प्रश्न उठछ मान्यता नै नपाएका डाक्टर कसरी विज्ञ भए ? अनी कसरी अस्पतालमा नै बोर्ड झुण्डियाएर सेवा दिन सके ?

अस्पतालमा बिषेशज्ञ डाक्टरलाई बलजफ्दी हटाएर आफ्नो हैकम जमाउने काम मात्र भएको छैन् अस्पताल आउने विरामीलाई बिभिन्न बहानामा बाहिरी निजी अस्पताल र कार्यरत डाक्टरको निजी क्लनिकमा लगेर उपचार गर्ने बहानामा ठग्ने काम समेत भएको स्रोतले खुलासा गरेको छ ।

अस्पतालले राखेको पुरानो इतिहास मेटाउने काम समेत गरेको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री उमाकान्त चौधरीले उदघाटन गरेको बेकी थेरापी युनिटको नाम हटाएर नयाँ नाम राखेको छ । नाम हटाउनु कुनै नौलो कुरा होइन तर राजनीतिक आडमा अस्पतालको इतिहास मेटाउने काम भएको छ । यो त उदाहरण मात्र हो यस्ता कयौं इतिहास विभिन्न बहानमा अस्पतालमा मेटने काम भएको छ । बिभिन्न कालखण्डमा समाजसेवी दाताबाट सहयोगलिइ बनायको अस्पतालमा सरकारको गिद्धेनजरले अस्पताल तहस नहस बन्दै गर्दा स्वास्थ्य मन्त्रालय मुकदर्श बनी रहेको देखिन्छ ।