January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

एघार बर्ष पछि नेपाल मलेसियासित २२ रनले हार्‍योे

एघार बर्ष पछि नेपाल मलेसियासित २२ रनले हार्‍योे

फागुन १७, काठमाडौं ।

एसीसी टी (२० इस्टर्न रिजन २०२० को च्याम्पियन खेल्न थाइल्याण्ड पुगेको नेपालले पहिलो खेलमै हार व्यहोरेको छ ।
शनिबार बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम दुई बल बाँकी छँदा सबै विकेट गुमाएर १३२ रन मात्र बनाएको थियो ।
मलेसियाले दिएको एक सय ५५ रनको विजय लक्ष पछ्याएको नेपाल नेपालले १९.४ ओभरम सवै विकेटको क्षतिमा एक सय ३२ रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीले समान ३८÷३८ रन बनाए । पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपालले हार खान बाह्य भयो । पवन सर्राफले १९ र पारस खड्काले नौ रन बनाए । मलेसियाका शार्भिन मुनिन्डेले चार विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले दुई दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५४ रन बनाएको थियो । मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित ५१ रन बनाए । अनवर अरुदीनले ३१, मोहमद नुरले ३० र अमिनुदुन राम्लेले २९ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा अभिनाश बोहराले २ हात पारे । मलेसियाको पहिलो विकेट लिएसँगै सन्दीप टी –२० क्रिकेटमा १०० विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
अभिनाशले १४ औं ओभमा अहमद फैज मोहमद नुर र मोहमम्द अरिफ जमालदिनलाई आउट गरेका थिए । अभिनाले ४ ओभरमा ३९ रन रखर्चेर २ विकेट लिए । यस्तै करण केसीले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत शनिबार नै भएको अर्को खेलमा सिंगापुरले थाइल्याण्डलाई ४३ रनले हराएको छ । प्रतियोगितामा नेपाल सहित आयोजक थाइल्ण्ड, मलेसिया, सिंगापुर र हङकङ सहभागी छन् । शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

Advertisement