April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

आमा बनिन् आलिया भट्ट, छोरीको तस्बिर गरिन सार्वजनिक

आमा बनिन् आलिया भट्ट, छोरीको तस्बिर गरिन सार्वजनिक

मुम्बई– बलिउड अभिनेत्री आलिया भट्ट आमा तथा अभिनेता रणबीर कपूर बुवा बनेका छन् । आलियाले आइतबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् । आलिया आज (आइतबार) बिहानै डेलिभरीका लागि अस्पताल भर्ना भएकी थिइन् । मुम्बईको रिलायन्स अस्पतालमा उनले छोरी जन्माएकी हुन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।

Advertisement

गत वैशाखमा विवाह बन्धनमा बाँधिएका आलिया र रणवीरले पहिलो सन्तानलाई स्वागत गरेपछि चौतर्फी बधाई मिलिरहेको छ ।

Advertisement

छोरी जन्मिएपछि आलियाले ‘यो हाम्रो जीवनकै सबैभन्दा उत्कृष्ट समाचार हो । हाम्रो बच्चाको आगमन भएको छ । उनी जादुले भरिएकी छिन् । हामी आधिकारिक रुपमा मायाले ओतप्रोत भएका छौँ । भाग्यमानी आमा–बुवा ।’