April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तीन महिनामा फिल्म क्षेत्रबाट विदेसियो २३ करोड

तीन महिनामा फिल्म क्षेत्रबाट विदेसियो २३ करोड

चालु आर्थिक वर्षको साउनदेखि असोज महिनासम्म फिल्म क्षेत्रबाट २३ करोड ४७ लाख रुपैयाँ विदेशिएको छ । जसमा उक्त रकम बराबरको सिफारिस मन्त्रालयबाट भएको छ । १२ करोड ३९ लाख ८२ हजार भारु र २ लाख ७६ हजार १५८ अमेरिकी डलर सिफारिस भएको हो । साउन, भदौ र असोज महिनामा ४५ फिल्मको सेन्सर भएको छ । फिल्म दर्ताबाट ४ लाख ५ हजार रुपैयाँ राजस्व संकलन छ । आठवटा विज्ञापन चलचित्र सेन्सर हुँदा २४ हजार राजस्व प्राप्त भएको हो ।

२० वटा विदेशी फिल्म र डकुमेन्ट्रीले छायांकन अनुमति लिएबापत ३ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷०७९ को साउन, भदौ र असोज महिनाको विवरणमा उक्त तथ्य उल्लेख छ । विदेशी फिल्म, छायांकन, सिनेमाघर र उपकरण ल्याउन उक्त रकम सिफारिस भएको हो । मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्षको चौथो त्रैमासिकमा २१ करोड ४२ लाख रुपैयाँ विदेशिएको थियो ।

 

Advertisement