April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

मनीषा कोइरालाको समर्थन राप्रपालाई, चुनावी सभालाई समेत सम्वोधन गर्ने

मनीषा कोइरालाको समर्थन राप्रपालाई, चुनावी सभालाई समेत सम्वोधन गर्ने

बलिउड अभिनेत्री तथा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाकी नातिनी मनीषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समर्थन गर्ने भएकी छिन् । आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर राप्रपाको पक्षमा चुनावी अभियानमा सक्रिय हुनका लागि घर फर्कन लागेको उनले ट्विटरमार्फत् बताएकी छिन् ।
उनले राप्रपाको पोखरा र स्याङ्जामा हुने सभा र कार्तिक २५ गते काठमाडौंको वसन्तपुरमा हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने निश्चित भएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई उनले युवा र दूरदर्शी नेता भनेर प्रशंसा गरेकी छिन् । उनले लेखेकी छिन्, ‘राष्ट्रवाद र देशको ऐतिहासिक र सांस्कृतिक विरासतको राजेन्द्रको बुझाइले उनलाई देशका अन्य समकालीन राजनीतिज्ञभन्दा माथि राख्छ ।’

मनीषा कांग्रेसका संस्थापक नेता बिपी केइरालाकी नातिनी​ हुन् । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला मनीषाका आफ्नै काका हुन् । उनका पिता प्रकाश कोइराला पनि लामो समय कांग्रेसको राजनीतिमा लागेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि प्रकाश केही महिना मन्त्री भएका थिए ।

Advertisement