February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

४८ करोड लागतमा मनकामना केवलकारले होटल निर्माण गर्दै

४८ करोड लागतमा मनकामना केवलकारले होटल निर्माण गर्दै

मनकामना केवलकारको सहायक कम्पनी रिसोर्टस् बाई मनकामना केवलकार प्रालिले ४८ करोड लागतमा होटल निर्माण गर्ने भएको छ । मनकामना मन्दिर नजिक हुनेगरी कम्पनीले ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण गर्न लागेको हो । हालसम्म करिब १ करोड ७० लाखले मनकामना केवलकार चढेको पनि कम्पनीले जनाएको छ । केवलकारको प्रणालीलाई डी कनेक्ट डिजिटलमा रुपान्तरण गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।

वि.सं. २०५५ साल मंसिर ८ देखि संचालनमा आएको मनकामना केवलकार पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । यसैबीच ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७÷७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले सम्मान गरेको हो । मनकामना केवलकार २४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरिसकेको छ ।

Advertisement