प्यूठान ‘ख’ बाट फिल्म निर्माता तथा निर्देशक रोज राणा विजयी
प्यूठान प्रदेशसभा ‘ख’ बाट फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गरेका हुन् । राणा प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति पनि हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले १ हजार ७१२ मत कम अर्थात २० हजार ८०७ मत पाएका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् ।
पहिलो प्रयासमै प्रदेशसभामा विजयी हासिल गर्न सफल भएका उनलाई यसअघि कांग्रेस सत्तामा हुँदा केही पटक चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति गर्ने प्रयास पनि भएको थियो ।
तर, उनले बोर्ड जाने इच्छा देखाएनन् । प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत माया मारेका थिए ।
प्रतिकृया दिनुहोस्