April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

नायक सलोनले एयरहोस्टेस करिश्मासँग लगनगाँठो कस्दै

नायक सलोनले एयरहोस्टेस करिश्मासँग लगनगाँठो कस्दै

चर्चित अभिनेता सलोन बस्नेतले प्रेमिका एयरहोस्टेस करिश्मा केसीसँग आगामी सोमबार नै विवाह बन्धनमा बाधिँने भएका छन् । यि दुबैले मङ्सिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका हुन् ।

अहिले सलोन विवाहको तयारीमा लागि परेका छन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।

सलोनको विवाह समारोह भोलि मंसिर १० गते शनिबारबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले जानकारी दिए। शनिबारबाट सुरु हुने समारोहको रुपमा संगीत , मेहेन्दी र मंसिर १२ गते परिवार र केहि आमन्त्रित अतिथिको उपस्थितिमा चन्द्रागिरिमा विवाहको तयारी र मंसिर १४ गते रिसेप्सन पार्टी दिने तयारी भएको उनका बुबा शोभित बस्नेतले बताए । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस समेत हुन् ।

Advertisement