April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले पनि दियो निवेदन

पोखरा विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले पनि दियो निवेदन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै आन्तरिक तथा वाह्या उडानका लागि ग्राउण्ड ह्याण्डलिङ सुविधा माग्ने क्रम बढेको छ । निजी हवाई कम्पनीहरु पछिल्ले समय धमाधम ग्राउण्ड ह्याण्डलिङ सुविधा माग गरिरहेका छन् । आन्तरिक तथा वाह्या उडान गर्ने उद्देश्यले ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले निवेदन दर्ता गरेको छ ।

Advertisement

नेपाल नागरिक उडड्यन प्राधिकरणले यहिं आउँदो जनवरी १, २०२३ देखि औपचारिक रुपमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने तयारी गरेको छ । नयाँ विमानस्थल धेरै खर्चमा बनेको र सञ्चालन गर्न पनि बढी खर्च लाग्ने देखिएकाले खर्च कम गर्न पनि विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ व्यवस्था एकीकृत गर्न बुद्धले खोजेको हो ।

Advertisement

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरूले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका समस्या हुन्छन् भन्ने बारेमा खोजिरहेको बुद्धले बाह्र उडानलाई पनि प्राथमिकतामा राखेको छ । अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने तयारी गरेको बृद्धले दिनको दुई दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिको लागि सम्बन्धित निकायमा निवेदन समेत पेस गरेको छ । आन्तिरिक रुपमा भने बद्धले सातामै ३०० उडान भर्ने कार्यतालिका बनाएको छ । बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्री–बिसान गरी जसमा हरेक दिन नेपालगन्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान गर्ने तयारी गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण कार्य सकिसकेको छ । एरो थाईको जहाज क्यालिब्रेसन फ्लाइट गरेको हो । यो एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी देखि व्यावसायिक उडान गर्ने निर्णय गरेसँगै यो परिक्षण गरिएको हो । व्यावासायिक उडान हुनु अगाडि नै परीक्षण उडान हुनुपर्छ । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ । सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् । परीक्षण सफल भएपछि अव विभिन्न कम्पनीहरुले अनुमति माग्दै निबेदन दिएका हुन् ।

पोखरा विमानस्थलबाट सञ्चालनसँगै बाह्र देशको सम्पर्क सिधै पोखरामा समेत बढने छ । विशेषतः गण्डकी प्रदेश र हरेक नेपालीको जीवनस्तर उकास्न र आर्थिक समृद्धिका लागि कोशेढुङगा बन्दै गएको छ ।