April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

सुकुम्बासी उचित व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिका अगाडि

सुकुम्बासी उचित व्यवस्थापनको माग गर्दै काठमाडौं महानगरपालिका अगाडि

काठमाडौ थापाथलीको बाग्मती नदी किनारका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिका कार्यालयको अगाडि उचित व्यवस्थापनको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको अगाडि प्रदर्शन गरेका हुन् ।

एकीकृत वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली डोजर लिएर गएपछि यो क्षेत्र तनावग्रस्त बनेको हो । यसै क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको हो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते पनि भएका थिए ।

Advertisement