March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

उदयपुरको क्षेत्र नं १ मा कांग्रेसका नेता डा. नारायण खड्का विजयी

उदयपुरको क्षेत्र नं १ मा कांग्रेसका नेता डा. नारायण खड्का विजयी

उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्का चौथोपटक विजयी भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरेकिछिन् । यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहे । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए । पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनु ।

Advertisement