शेयर बजारमा ३.५१ अंकको गिरावट, कारोवार रकम ८४ करोड रुपैयाँमै सीमित
साताको चौथो दिन बुधवार कारोवार नेप्से परिसूचक ३.५१ अंकले घटेको छ । आज नेप्से ०.१८ प्रतिशतले घटेर १९४९.८५ विन्दुमा पुगेर बन्द भएको हो ।
दुई सय ३८ वटा कम्पनीको २३ लाख ५५ हजार कित्ता शेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोवार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४ करोड ७९ लाख र नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज लक्ष्मी इक्विटी फन्डको शेयर साढे पाँच प्रतिशत र विन नेपाल लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटे पनि ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेको छ । बजारसँगै कारोबार रकममा पनि कमी आएको छ ।
प्रतिकृया दिनुहोस्