March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बंगलादेशी लगानीकर्ता आईएफआईसी नबिल बैंकबाट बाहिरिदै

बंगलादेशी लगानीकर्ता आईएफआईसी नबिल बैंकबाट बाहिरिदै

नबिल बैंकबाट बंगलादेशी लगानीकर्ता आईएफआईसी बाहिरिने भएको छ । नबिल बैंकले आईएफआईसी बैंक सेयर बिक्री गरेर बाहिरिन लागेको हुँदा संस्थापक सेयरधनीलाई बिक्री गर्नको लागि सूचना जारी गरेको छ । सूचना अनुसार आईएफआईसीको सेयर किन्न चाहने नबिल बैंकका सेयरधनीले ३५ दिनभित्र बैंकमा मूल्य तोकेर निवेदन दिनुपर्छ ।

नबिल बैंकमा बंगलादेशको आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार कित्ता संस्थापक सेयर छ । ३५ दिनभित्रमा संस्थापक सेयरधनीबाट निवेदन नआएमा सो सेयर अन्य संस्थापक बाहेकका सेयरधनीलाई बिक्री खुला हुनेछ ।
नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंकलाई गत असारमा गाभेको थियो । एनबी बैंकमा बंगलादेशको आईएफआईसी बैंक लगानीकर्ता थियो । नबिल बैंकमा गाभिएपछि नबिल बैंकको सेयरधनी आईएफआईसी भएको हो । एनबी बैंक नबिलमा एक्विजेशन नहुँदै आईएफआईसी बैंकले सेयर बिक्री गर्ने निर्णय गरेर सूचना जारी गरेकोमा चौधरी समुहले आफूले किन्ने भन्दै त्यस समय बिक्री गर्ने रोकेको थियो । बंगलादेशमा आईएफआईसी बैंकले ढाका स्टक एक्सचेन्जमा बुझाएको विवरण अनुसार सेयर किन्न बैंक र चौधरी गु्रपबीच सहमति भइसकेको छ । सेयर किनबेचको प्रक्रिया चलिरहेको बेला नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सहमति भयो ।

Advertisement