युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावको लाभांश सुरक्षित गर्ने आज मंसिर १५ गते अन्तिम दिन छ । लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । यसले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिन लागेको हो । साधारण सभा प्रयोजनका लागि मंसिर १६ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले लाभांश पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा पनि बोलाएको छ । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
प्रतिकृया दिनुहोस्