February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

आईएमई पेको डिशहोम नकआउट तीन सय अफर

आईएमई पेको डिशहोम नकआउट तीन सय अफर

आईएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकहरुले डिशहोमको वर्ल्ड कप प्याकेज मात्र ३ सय रुपैयाँमा आईएमई पे एपबाट खरिद गर्न सकिनेछ। ग्राहकहरुले सो प्याकेजको भुक्तानी गर्दा एउटा प्रोमो कोड ‘नकआउट’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ।

यसमार्फत ग्राहकहरुले वर्ल्ड कप प्याकेजको पूर्ण मूल्य ५ सय ६५ रुपैयाँ तिर्दा २ सय ६५ रुपैयाँ क्यासब्याक स्वरुप फिर्ता प्राप्त गर्न सक्नेछन्। यो अफर सीमित अवधिको लागि मात्र लागू हुनेछ र यस अफरमार्फत पहिलो ३०० ग्राहकहरुले मात्र सो प्याकेज क्यासब्याकमा खरिद गर्न सक्नेछन्।

Advertisement