हँसियाले श्रीमतीको घाँटी रेटेर टाउको झोलामा लिएर हिडेपछि…
सुर्खेतमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी टाउको प्लास्टिकको झोलामा लिएर हिडेका छन्। आफ्नै पत्नीको विभत्स हत्या गरेर भाग्दै गरेको अवस्थामा ती युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले पत्नीको टाउको प्लास्टिकमा पोको बनाएर भाग्दै गरेको बेला उनलाई मंगलबार दिउँसो उनकी श्रीमती मिना आले मगरको टाउकोसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
३० वर्षीया श्रीमती मिनालाई हँसियाले घाँटी रेटेर उनको टाउको छुट्याइ झोलामा बोकेर हिँडिरहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सालकोटबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
आलेमगर आफैं टाउको बोकेर प्रहरी चौकीतिर जाँदै गरेको बुझिएको छ। एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्किएका अम्मरले आफूले विदेशमा कमाएको पैसा श्रीमतीले हिनामिना गरेका कारण हत्या गरेको बयान दिएका छन्। प्रहरीले मिनाको शव उनकै घरबाट बरामद गरेको छ।
उनले आफ्नो श्रीमतीको हँसियाले घाँटी रेटेर हत्या गरेका हुन् । पक्राउ परेका आलेलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रतिकृया दिनुहोस्