February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

बेल्जियमका गरिब गाउँलेले जिते २० अर्बको चिट्ठा

बेल्जियमका गरिब गाउँलेले जिते २० अर्बको चिट्ठा

ब्रसेल्स। बेल्जियमको एउटा गाउँका गरिब व्यक्तिको समूहले करोडौँ डलरको चिट्ठा जितेको छ । गाउँलेले सामूहिक रूपमा युरोमिलियन्स ज्याकपटबाट १४३ मिलियन युरो अर्थात १९ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको जितेको बीबीसीले जनाएको छ ।

Advertisement

स्थानीय समाचार अनुसार एन्टवर्प प्रान्तको ओल्मेनका बासिन्दाहरूले चिट्ठाका टिकटहरू किन्नको लागि बराबर पैसा तिरेका थिए । बेल्जियम राष्ट्रिय लोटरीका अनुसार उनिहरु प्रत्येकले ८ लाख ६८ हजार युरोका दरले चिट्ठा जितेका छन् ।

Advertisement

यो चिट्ठाको लागि २ करोड ७० लाख वटा टिकट विक्रि भएको थियो । राष्ट्रिय लोटरीका प्रवक्ता जोक वर्मोरेले बेल्जियममा खोलिएको यो अहिलेसम्मको सबैभन्दा ठूलो रकमको चिट्ठा भएको जानकारी दिएका छन् ।

उनले जितलाई “सर्वश्रेष्ठ क्रिसमस उपहार” को रूपमा वर्णन गरेका छन् । युरो मिलियन ज्याकपोट नौ वटा युरोपेली देशहरूमा आयोजना गरिएको छ । जसमा बेल्जियम, फ्रान्स, युनाइटेड किंगडम, स्पेन, पोर्चुगल, आयरल्याण्ड, अस्ट्रिया, स्विजरल्याण्ड र लक्जमबर्ग रहेका छन् । एजेन्सी