February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

सुन–चाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९९ हजार ९०० रुपैयाँ कायम भएको हो । त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

बिहीवार छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो । भने तेजावी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रवार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ । बिहीवार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम रहेको थियो ।

Advertisement