विद्यार्थीको हत चिर्न लगाउँने शिक्षिका विद्यालयबाट निस्काशित
फागुन २४, काठमान्डौ ।
परीक्षामा कम नम्बर ल्याएका विद्यार्थीलाई हात चि’र्न लगाउने शिक्षिकालाई काठमाडौंको जडिबुटीस्थित जागृति एकेडेमीले जागिरबाट निकालेको छ । कक्षा ६ र ७ का गरी कूल ३४ जना विद्यार्थीलाई शिक्षिका सीतालक्ष्मी कर्माचार्यले ब्लेडले हात चिर्न लगाएकी थिइन् । शिक्षिकाले सजाय दिएपछि बिहीबार कक्षा ६ का २५ र कक्षा ७ का ९ जनाले कक्षाकोठामै ब्लेडले हात चिरेका थिए ।
परीक्षा लिनु अगाडिदेखि नै सामाजिक विषयमा कम नम्बर ल्याउने विद्यार्थीलाई हात चिर्नुपर्ने धम्की दिदै आएकी थिइन् । उनले सामाजिक शिक्षा विषय पढाउँदै आएकी थिइन् । बिहीबार नजिजा सुनाउँदै उनले कम नम्बर ल्याउनेले हात चिर्नुपर्ने भन्दै सजाय दिएकी हुन् । विद्यार्थीले सिसाकलम ति’खार्न प्रयोग गर्ने ब्लेडले हात चि’रेका हुन् । २० पूर्णाङ्कको परीक्षा लिइएकोमा १५ भन्दा कम नम्बर ल्याउने विद्यार्थीले शिक्षिका कर्माचार्यको दबाबपछि हात चिरेका हुन् । जति कम नम्बर आएको छ उति धेरै हात (नाडिमा) चिरा पारिएको छ । घटना सार्वजनिक भएपछि एकेडेमीले शिक्षिका कर्माचार्यलाई अवकाश दिएको छ ।
एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले शिक्षिका कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताएका छन । उनी १२ बर्षदेखि विद्यालयमा पढाउँदै आएकी थिइन् । सीतालक्ष्मी कर्माचार्यलाई २०७६ फागुन २३ गतेदेखि लागू हुने गरी निष्कासन गरेको हो ।
प्रतिकृया दिनुहोस्