April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

भन्सार एजेन्टले बुझाए महानिर्देशकलाई १५ बुँदे मागसहितको ज्ञापनपत्र

भन्सार एजेन्टले बुझाए महानिर्देशकलाई १५ बुँदे मागसहितको ज्ञापनपत्र

भन्सार एजेन्टले बुझाए ज्ञापनपत्रराष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालले विभिन्न माग राख्दै भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढालाई एक ज्ञापनपत्र बुझाएको छ । भन्सार एजेन्टका विभिन्न समस्या समाधान गर्न १५ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

Advertisement

इजाजत पत्र पाएको ७ महिना पुगिसक्दा पनि भन्सार कार्यालयहरूमा काम गर्ने वातावरण नबनाएपछि पीडित पक्षले गुनासो रहेको छ । भन्सार एजेन्टका पेशागत हकहितको लागि गठित उक्त संस्थाले निर्वाध रुपमा आफुहरुले मापदण्ड भित्र रहेर काम गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् ।

Advertisement

परिषद नेपालका अध्यक्ष भोलानाथ अर्यालले भन्सार कार्यालयमा हुने अनाधिकृत व्यक्तिको प्रवेश, गैह भन्सार एजेन्टको विगविगी, भारतीय नागरिकको अनाधिकृत प्रवेश, भन्सार कार्यालय भन्दा अन्यत्र क्षेत्रबाट चोरी निकासी, पैठारी, साथै सफ्टवेयर सिस्टमलाई सिस्टममा रुपान्तरण गर्न नसक्नुले राजश्व संकलनमा असर गरेकोले यसलाई बदल्न राज्यले आवश्यक कदम चाल्नु पर्ने बताए । ज्ञापनपत्र बुझ्दै भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले परिषद्को माग ठिक भएको र विभागले तत्काल सम्बोधन गर्न सक्ने मागहरुको काम आफ्नो तर्फबाट हुने बताए ।