February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

दक्षिण अफ्रिकी टापु पुगेर रविनाले गरिन प्रेमी सार्वजनिक, को हुन प्रेमी ?

दक्षिण अफ्रिकी टापु पुगेर रविनाले गरिन प्रेमी सार्वजनिक, को हुन प्रेमी ?

सेलिब्रिटी बैंकर रविना देशराज श्रेष्ठले आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन् । केहीदिनअघि मात्र मैगा बैंकको कामू सीईओबाट राजीनामा दिएकी उनले सामाजिक सञ्जाल इन्स्ट्राग्रामबाट आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् ।  दैनिक व्यास्त जीबनबाट अलग हुँदै फूर्सद मनाउन दक्षिण अफ्रिकी टापु राष्ट्र मडागास्कार पुगेर रविनाले आफ्नो प्रेमीको तस्विर सार्वजनिक गरेकी हुन् ।

Advertisement

‘म आज घोषणा गर्छु, उहाँ नै हुनुहुन्छ जसका लागि मैले यतिका वर्षहरू प्रार्थना गरिरहेकी थिएँ । उहाँलाई भेटेदेखि कसरी मेरो हृदय पूर्ण रूपमा फक्रियो र खुल्यो भनेर म व्यक्त गर्न सक्दिनँ । म उहाँबाट हरेक दिन धेरै कुरा सिक्छु…।’ उनले भनेकी छिन् ।

Advertisement

रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ’आइ लभ यु’ पनि भनेकी छन् । उनको पोस्टमा स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानले पनि ’आइ लभ यु टू’ लेखेका छन् ।
आफ्ना प्रेमीलाई चिनाउन पाउन खुसी लागेको भन्दै रवीनाले सबैले आफूलाई शुभकामना दिनुहुनेछ भन्ने आशा रहेको पनि बताएकी छन् । उनी निकट एक बैंकर भन्छन्, ‘छोरा आयुस्मान देशराजको जन्म दिनको अवसरमा आफ्नो प्रेमीसँग भेट गराएकी थिइन्। पुस ४ गते साँझ परिवारीक भेटघाटमा आफ्नो प्रेमीलाई भेट गराइन्।’

रवीनाले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गरेर ‘आइ लभ यु’ पनि भनेकी छन् । उनले स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको इन्स्टाग्राम ह्यान्डल मेन्सन गर्दै तस्बिर सार्वजनिक गरेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् । उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन् । प्रकृति प्रेमी उनले सन् १९९१ मा चीनको वोलोङ पाण्डा रिजर्भमा रेन्जर ट्रेनरको रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर सुरू गरे । दुई वर्ष त्यहाँ काम गरेपछि सन् १९९३ मा उनले विश्व वन्यजन्तु कोषमा काम गर्न थाले ।

यस अवधिमा उनले वन्यजन्तु व्यापार अभियानविरुद्ध अभियान चलाउन टोलीसँग काम गरे। जसको परिणामस्वरूप सन् २०१३ मा थाइल्याण्डका प्रधानमन्त्रीले हात्तीको दाँतको व्यापारमा प्रतिबन्ध घोषणा गरेका थिए । सोही वर्ष उनी विश्व वन्यजन्तु कोषका निर्देशकको रूपमा नियुक्त भएका थिए ।

२०१९ देखि २०२२ सम्म कोषले उनलाई जंगलका बाघको संख्या दोब्बर बनाउने लक्ष्यका साथ टाइगर्स अलाइभ इनिसिएटिभ लिडरको रुपमा नियुक्त गरेको थियो । यसैका लागि उनी अहिले नेपालमा काम गरिरहेका छन् ।

३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएसँगै आफ्नो जीवनमात्र परिवर्तन नभएको भन्दै आफ्नो पुर्खा र ब्रम्हाण्डको आशीर्वादका कारण कुरा बुझ्ने सहयात्री पाएको उनले बताएकी छिन् । मेगा बैंकमा अनुपमा खुञ्जेलीलेको सीईओको कार्यकाल सकिएपछि कायममुकायमको जिम्मेवारी पाएकी थिइन् । बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेस र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठ त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् ।

कलाकार आयुष्मान र आशीरमान देशराजकी आमा समेत रहेकी उनी नायिका प्रियंका कार्कीकी सासू हुन् । उनले प्रेमी पाउँदा खुसी भएको बताएकी  छिन् । उनी नविनाका प्रेमी भएको भने उनले लेखेको समाजिक सञ्जाल भन्दा बाहिर पुष्टी हुन् सकेको छैन् ।